Indrenionline.com

लुम्बिनी प्रदेशको राजधानीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

दाङ, १४ पुस । कार्यकाल सकिनै लाग्दा लुम्बिनी प्रदेश सरकारले गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ ।

भोली  पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम तय भएको थियो । तर पछिल्लो बदलिँदो राजनीतिक घटनाक्रमका कारण सम्मेलन स्थगित भएको बताइएको छ ।

प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उदेश्यका साथ सम्मेलन आयोजना गरिएको थियो । काग्रेसहितको गठबन्धन हुदाको समयमा तय गरिएको कार्यक्रम अहिले राजनीतिक समिकरण बदलिएर एमाले माओवादीसहितका दलहरुको नयाँ गठबन्धन बनेको छ ।