सरकार र आमरण अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित गरिएको हो ।
ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन प्रयास गरिने उप्रेतीले जानकारी दिनुभयो ।