Indrenionline.com

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।

आज शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् ।

सधै सुटमा सजिने दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी नेपालका ४४ औं प्रधानमन्त्री हुन् । उनले आजै तीन उपप्रधानसहित सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् ।