Indrenionline.com

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।