काठमाडौँ । सत्तामा रहेको वर्तमान बाम–लोकतान्त्रिक गठबन्धन टुट्न लागेको भन्दै नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल अत्तालिएका छन् ।
वर्तमान सत्ता गठबन्धनकै सरकार बने नेपाली कांग्रेका तर्फबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने आश्वासन उनलाई पार्टी सभापति शेरबदादुर देउवाबाट मिलेको थियो । तर, आइतबार बालुवाटारमा बसेको बैठकमा आफूलाई नै प्रधानमन्त्री बनाउनु पर्ने अडान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नछाडेपछि बैठक भाँडिएको थियो ।
बैठकबाट प्रचण्ड बाहिरिएपछि पौडेलले भने, ‘गठनबन्धन टुट्न लागे जस्तो लाग्दैछ। परिस्थिति हाम्रो नियन्त्रण बाहिर जाने देख्दैछु ।’
