Indrenionline.com

बालुवाटार पुगेर रामचन्द्र पाैडेलले दिए देउवालाई बधाई, आरजुलाई पनि राखेर खिचाए तस्वीर

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर पाैडेलले देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । सुरुमा पाैडेल पनि संसदीय दलकाे नेताका लागि आकांक्षी थिए । तर, अन्तिम समयमा देउवालाई साथ दिँदै उनी प्रस्तावक बसेका थिए ।

पाैडेल र देउवाबीच लेनदेनकाे सहमति भएकाे चर्चा राजनीतिक वृतमा छ ।आज बिहान भएकाे निर्वाचनमा देउवा ६४ मत पाएर संसदीय दलकाे नेतामा निर्वाचित हुँदा महामन्त्री गगन थापा २५ मत पाएर पराजित भएका छन् ।