काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
संसदीय दलको नेताका लागि आज बिहान भएको चुनावमा देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । महामन्त्री गगन थापाले २५ मत पाए ।
कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँच पटक प्रधानमन्त्री बनिसको देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गरेका थिए । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेको छ ।
