Indrenionline.com

५६ वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बने एम्बाप्पे

दोहा: फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरेका छन्। कतारमा जारी विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्।

 

यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए।