Indrenionline.com

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा

bLIffGt ;df/f]x ;Daf]wg ub}{ k|d b]pjf ag]kf, @( dªl;/M k|wfgdGqL Pj+ sf7df8f}F ljZjljBfnosf s'nklt z]/axfb'/ b]pjf sfe|]knf~rf]ssf] w'lnv]nl:yt sf7df8f}F ljZjljBfnosf] -klxnf] r/0f_ sf] @*cf}F bLIffGt ;df/f]xnfO{ ;Daf]wg ug'{xF'b} . tl:a/M k]df nfdf÷ /f

बनेपा, २९ मंसिर । प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताए ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सृजनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए ।

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हो”, प्रम देउवाले भने, “विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।”