काठमाडौँ । थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय भएको छ । मधेशी आयोगले थारु र मुस्लिम समुदायलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको हो ।
आयोगले मंसिर २० गते बैठकबाट नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन(२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए।मधेशी आयोगको निर्णय कार्यन्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।
थारु र मुस्लिम समुदायका विभिन्न संघ(संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको बताउँदै आएका थिए।उनीहरुको पहिचान मधेशी समुदायसँग नमिल्ने भएकाले मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।
