Indrenionline.com

टरिगाउँ एयरर्पोटको रिफिल उद्घाटन

दाङ :  तुलसीपुर उपमहानगरपालिका  १२ मा रहेको  टरिगाउँ  एयरर्पोटको  रिफिल उद्घाटन गरिएको छ । ६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको भएपनि उद्घाटन हुन सकेको थिएन । शनिबार उद्घाटन गर्ने तयारी भएपनि काठमाडौंबाट दाङ आउनको लागि एकजना पनि यात्रु नभएपछि जहाज दाङ आउँन नसक्दा शनिबार उद्घाटन गर्ने कार्यक्रम रोकिएको थियो ।

आइतबार जहाज आएपछि रिफिल उद्घाटन गरिएको नेपाल वायू सेवा निगम दाङका स्टेसन प्रमुख महेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार अनौपचारिक रुपमा रिफिलको उद्घाटन भएको हो । दाङ–काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८१० छ , भने अधिकतम १२ हजार ६६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने यात्रुले २  सय रुपैयाँ बढी तिर्नु पर्छ ।

डिपोमा ३० हजार लिटर र ब्राउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्ने क्षमता  रहेको छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभाबकारी हुने छ ।

यस अघि काठमाडौंबाटै इन्धन ल्याएर आउनु पर्ने बाध्यता रहेकोे  थियो । त्यसले गर्दा केही सिटमा इन्धन   ल्याउदा  हवाई भाडा महंगो हुँदै आएको थियो । विमानस्थलमा १९ सिटे नेपाल एरलाइन्सको जहाजले उडान भर्दै आएको छ ।  ७५० मिटर मात्र  धावनमार्ग हुन्दा  ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । सामग्री अनलाइन राप्ती