Indrenionline.com

जसपामा विवाद : मधेशमा समानुपातिक सांसदको कोटाभन्दा बढी नाम बुझाइयो

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)मा मधेश प्रदेशको समानुपातिक सांसद चयनमा विवाद सृजना भएको छ ।

निर्वाचन आयोगले प्राप्त मतको आधारमा जसपालाई मधेश प्रदेशमा ७ सिट दिएको छ । तर नाम चयनमा विवाद देखिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा १० जनाको नाम पठाउन बाध्य भएका हुन् ।

जसपाले आयोगलाई बुझाएको सूचीमा विन्दुकुमारी यादव (महोत्तरी), किरण कुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिला कुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो. युसुफ अलि (सप्तरी), मनिषकुमार सुमन (सप्तरी)को नाम उल्लेख छ ।

जसपाले बुझाएको नाममध्ये ३ जना साँसद बन्न बञ्चित हुने छन् । सो पार्टीका एक नेताका अनुसार आयोगले गर्ने निर्णय पार्टीले मान्ने बताए ।