Indrenionline.com

गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा डा. डिसी नियुक्त

दाङ :  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले नँया प्रधानाध्यापक नियुक्त गरेको छ । रिक्त रहेको प्रधानाध्यापक पदमा गुरुकुल एकेडेमीले डाक्टर कृष्णराज डिसीलाई नियुक्त गरेको हो । विहिवार बसेको संचालक समितिको बैठकले आगामी दुई वर्षका लागि प्रधानाध्यापकमा डा. डिसीलाई नियुक्त गरेको हो ।

नवनियुक्त प्रधानाध्यापक डिसीले शुक्रवारदेखि जिम्मेवारी ग्रहण गरेका छ्न । नवनियुक्त प्रधानाध्यापक डिसी लामो समय शिक्षा क्षेत्रमा बिताएका  छन । भ लामो समय प्रधानाध्यापकको पदमा रही काम गरेको अनुभव पनि उनीसङ्ग रहेको छ । नेपाली बिषयमा पिएचडी गरेका डा. डिसी दाङ जिल्लामा शिक्षा क्षेत्रको हस्तिको रुपमा चिनिन्छन । आज एक कार्यक्रमका बिच उनलाई पदभार ग्रहण गराइएको हो । गुरुकुल एकेडेमिका अध्यक्ष ई. अनन्तराज घिमिरेले उनलाई जिम्मेवारी प्रदान  गरेका हुन ।

जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक डिसीले छोटो समयमा गुरुकुल एकेडेमीले प्राप्त गरेको शैक्षिक सफलतालाई कायम राख्दै थप सफलताका लागि कुनै प्रकारको आच आउन नदिएर अघि बढ्ने बताए । शिक्षा क्षेत्रमा संगालेको लामो अनुभवलाई गुरुकुलको उद्देश्य तथा सफलता प्राप्तीका लागि लगाउने भन्दै उनले गुरुकुलको सफलता प्राप्तिका लागि शिक्षक तथा कर्मचारीहरु मन, वचन र कर्मले एक भएर अघि बढनुपर्ने बताए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत रहेको जिल्लाकै अव्वल सामुदायिक विद्यालय पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका डिसीले विभिन्न शैक्षिक सस्थाहरुमा शिक्षण शिकाईको काम गर्दै आएका थिए  । नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै गुरुकुल एकेडेमीका अध्यक्ष ई अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासँगै अव्वल शैक्षिक सस्थाका रुपमा गुरुकुललाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गुरुकुल स्थापना भएको सात बर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उनले  ती उपलव्धीहरुलाई सस्थागत गर्दै उद्देश्य प्राप्तिका लागि डिसीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । स्वागत कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई घिमिरे

, प्लस २ संयोजन निमानन्द गैरे, सहायक प्रधानाध्यापक मुकुन्द गिरी , ब्यबस्थापन संकायका संयोजक कृष्णदेव थापा , बिज्ञान संकायका संयोजक अजय शाह , नेपालि बिषयका बिभागिय प्रमुख तथा प्रबक्ता विवेक देवकोटा लगायत अन्य शिक्षकहरुले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गरेका थिए । यो सामग्री अनलाइन राप्तीबाट साभार गरीएको हो