Indrenionline.com

टाइगर युवालाई स्मृति कप फूटबलको उपाधि

तुलसीपुर । तुलसीपुरको दमारगाउँमा सम्पन्न भएको जिल्लाकै सर्वाधिक पुरस्कार राशिको मीनबहादुर केसी स्मृति कप फूटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाइगर युवा क्लब तुलसीपुरले जितेको छ ।

टाइगर युवा क्लब तुलसीपुर–३ दमारगाउँको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फूटबल क्लब तुलसीपुर–६ लाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टाइगर युवा क्लबले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

उपविजेतामा सीमित ज्ञान ज्योतिले ६५ हजार, कप मेडल तथा प्रमाणपत्र पाएको छ । रोमाञ्चक फाइनल खेलको पहिलो हाफको समाप्तिसम्म गोलरहित बराबरी भए पनि दोस्रो हाफको नवांै मिनेटमा टाइगर युवा क्लवका माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

त्यस्तै टाइगरकै विजय सिंह ठकुरीले दोस्रो हाफको १८ आंै मिनेटमा थप एक गोल गर्दै टिमलाई दुई शून्यको जित दिलाए । फूटबल खेलको विकास र प्रवद्र्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दाङलगायत विभिन्न जिल्लाबाट स्थापित क्लबका १४ टिमको सहभागिता थियो ।

यसैबीच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरवीर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय समाजसेवी तिलकबहादुर मल्लको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश खेलकूद परिषद्का सदस्य टेकबहादुर बिकको विशिष्ट आतिथ्यतामा भएको थियो । सो अवसरमा विजेता, उपविजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । क्लबका सल्लाहकार इन्द्र पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन क्लबका संस्थापक अध्यक्ष प्रेमप्रकाश मल्लले गर्नुभएको थियो ।