३४ औं वीपी स्मृती दिवसको अवसरमा आज दाङका बिभिन्न ठाउमा कार्यक्रम भएका छन् । आज दिबसकै अबशरमा अञ्चल अस्पताल तुलसीपुरका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिको आयोजनामा फलफुल वितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व सांसद गेहेन्द्र गिरीले आजपनि वीपीका विचारहरु राष्ट्र र राष्ट्रियताको लागि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । तुलसीपुर नगरपालिकाका कार्यवाहक सभपाति भिमप्रसाद भण्डारीको अध्यक्षता र जिल्ला सभापति कीर्तीबहादुर खड्काको प्रमुख आतिथ्यता एबम पूर्व संसाद गेहन्द्र गिरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । काँग्रेस नगर कोषाध्यक्ष पदम खड्काको स्वागत मन्तव्यवाट कार्यक्रम सुरु भएको थियो भने सहजीकरण नगर सचिव प्रदिप केसीले गर्नुभएको थियो ।