दिपक बोहरा
तुलसीपुर ७ साउन । फलफुल उत्पादनमा दाङ अझै परनिर्भर बन्न सकेको छैन् । दाङमा बाहिरी जिल्ला र छिमेकी देशवाट फलफूलको माग परिपुर्ति भईरहेको छ । जिल्ला कृषि बिकास कार्यालयका बागबाणी अधिकृति धनराज गौतमले फलफूल उत्पादनमा ब्यबसायीकरण हुन नसक्दा दाङ फलफुलमा परनिर्भर मुखि बनेको बताए । जिल्लामा आर्थिक बर्ष २०७२/ ०७३ मा १७ हजार मेट्रिकटन फलफूल मात्रै उत्पादन भएको छ । यो खपतको आधारमा ४० प्रतिसत मात्रै उत्पादन भएको गौतमले बताए ।
आँप उत्पादन घट्यो दाङमा यस बर्ष आँप उत्पादन घटेको छ । गत बर्ष आठ हजार दुई सय २५ मेट्रिक टन आँप उत्पादन भएकोमा यस बर्ष घटेर छ हजार मेट्रिक टन मात्रै आँप उत्पादन भएको कृषि बिकास कार्यालय दाङले जानकारी दिएको छ । गत बर्ष आँपको अनएयर भएकाले आँप उत्पादन बढी भएको तर यस बर्ष अफएयर भएकाले आँप उत्पादनमा कमी आएको कार्यालयका बागबाणी अधिकृति धनराज गौतमले जानकारी दिए । उनले भने ‘ एक बर्ष फल्ने ( अनयर ) र अर्को बर्ष नफल्ने (अफ यर ) हुने आँपको गुण हुन्छ ’ । दाङमा दुई हजार चार सय ८८हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुदै आएको उनले बताए । आँपले लामो समयपछि मात्रै फल दिने भएकाले आँप प्रति किसानहरुको आर्कषण घटदो रहेको बागबाणी अधिकृत गौतमले बताए ।
अहिले दाङमा दशहरी , मालद , चौसा, बम्वेग्रीण , लङग्रा लगायतका आँप उत्पादन हुदै आएका छन् । केराखेती सोचे जस्तो उत्पादन भएन छोटो समयमा फल दिने भएकाले दाङमा केरा खेती तर्फ आर्कषण बढदो रहेपनि उल्लेख्य रुपमा केरा खेतीको उत्पादनमा बृद्धि भने हुन सकेको छैन् । आर्थिक बर्ष २०७१/०७२ मा २ सय २८ हेक्टर क्षेत्रफलमा भएको केरा खेतीमा १ हजार ५ सय मात्रै उत्पादन भएको बागबाणी अधिकृति धनराज गौतमले बताए । गत आर्थिक बर्ष २०७२/०७३ मा ३ सय हेक्टर क्षेत्रफलमा भएको केरा खेतीबाट १ हजार ८ सय मेट्रिक टन मात्रै केरा उत्पादन भएको कार्यालयले जनाएको छ । दाङको देउखुरी, लालमटिया, गढवा सिसहनियाँमा केरा राम्रो उत्पादन हुने गरेको भएपनि अन्य स्थानमा हुन सकेको छैन ।
लिच्ची उत्पादनमा पनि कमी