Indrenionline.com

अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित

काठमाण्डौ, ६ साउन
युवा फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित हुनु भएको छ । खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तरगत अन्जन उत्कृष्ट युवा खेलाडी घोषित हुनु भएको हो ।

नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा अन्जनले बहराइनविरुद्ध एक गोल गर्नु भएको थियो ।

युवा उत्कृष्ट खेलाडी बन्ने क्रममा अन्जनले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोका मनिता श्रेष्ठ प्रधान र उसुका नीमा घर्ती मगरलाई पछि पार्दै ५० हजार रुपौया हात पार्नुभयो ।।