स्याङ्जा, १८ मंसिर । स्याङ्जा २ (ख) मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मतसहित विजयी भएका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १७ हजार २ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत ल्याएका छन् ।
