Indrenionline.com

एमालेकी चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताको ढुंगामुढा

काठमाडौँ । एमाले सांसद भगवती चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ। उनी सुनसरी ३ बाट निर्वाचित भएकी हुन्।

लगातार चुनाव जित्दै आएका काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी चौधरीको विजय जुलुसमा सवारमाथि काँग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेको एमालेको आरोप छ।

त्यहाँ दुवै पक्षबिच झडप भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ। सुनसरी ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।