Indrenionline.com

क्रान्तिकारीद्धारा राप्ती ईन्जिनियरिङमा मूल ईकाई कमिटी गठन

इन्द्रेणी संवाददाता
घोराही, २९ चैत्र
नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओबादी निकट विद्यार्थी संगठनले राप्ती इन्जिनियरिङ कलेज घोराहीमा मूल ईकाई कमिटी गठन गरेको छ । अखिल क्रान्तिकारी दाङको संगठन सुढृढीकरण तथा विस्तार अभियान अन्तरगत सो कलेजमा अनिल रावतको अध्यक्षतामा ११ सदस्यीय मूल ईकाई कमिटी गठन गरेको हो ।
krantikariजस्को उपाध्यक्षमा सुमन पौडेल, सचिबमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा राजेन्द्र शाह रहनुभएको छ । त्यसैगरी पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको शक्ति जिसीले जानकारी दिनुभएको छ ।

संगठन बिस्तार कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ती इन्चार्ज प्रकाश शाही, जिल्ला अध्यक्ष हेमन्त जिसी लगाएतले आफुहरुको संगठनले बिद्यार्थीको अधिकार र शैक्षिक सुधारका विषयलाई मुख्य एजेन्डा बनाउने बताउनुभयो ।।