काठमाडौं ६ साउन । नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि आवश्यक कार्ययोजना सार्वजनिक गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले माग गरेको छ । महासंघले ऐन लागू भएको तीन हप्ता पछि हिजो विज्ञप्ति निकालेर विद्यालय व्यवस्थापन समितिहरु तीन महिना भित्र गठन गर्ने कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको विकल्प नभएको भन्दै ब्यवस्थापन समिति विघटन भएको भन्ने सन्देशको गलत प्रभावलाई नियन्त्रण गर्नु शिक्षा मन्त्रालय तथा विभागको दायित्व भएको उल्लेख गरिएको छ ।।