काठमाडौँ, साउन ६ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत छानबिनको ‘मोडालिटी’ तयार पारेको छ । आयोगले विस्तृत छानबिन र तथ्याङ्क सङ्कलनका लागि ‘एन्टिमोर्टम’ तथ्याङ्क सङ्कलन फाराम तयार पारेको छ ।
आयोग सदस्य एवं प्रवक्ता प्रा।डा। विष्णु पाठकले विस्तृत अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न एन्टिमोर्टम फाराम तयार भइसकेको जानकारी दिनुभयो । पाठकले सङ्क्रमणकालीन न्यायको घटना छानबिनका लागि विश्वका कुनै पनि आयोगले प्रयोग गरेभन्दा नयाँ र वैज्ञानिक पद्धति विस्तृत अध्ययनमा अपनाइएको बताउनुभयो ।।