रामेछाप, ११ मंसिर । रामेछापमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ विजयी भएका छन् ।
तामाङले ४७ हजार ९८ मत प्राप्त गरे भने एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् । तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति समेत भइसकेका नेता हुन् ।