गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् ।
उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिस्पर्धी खाणले ३४ हजार ३६ मत प्राप्त गरे ।
गृहमन्त्री समेत रहेका खाँण २०७४ को निर्वाचनमा समानुपातिक कोटाबाट सासंद बनेका थिए ।
