सल्यान । २१ हजार बढि फलफुलका विरुवा वितरण ५ साउन जिल्ला कृषि विकास कार्यालय सल्यानले २१ हजार बढि फलफुलका विरुवा वितरण गरेको छ । फलफुल खेतीको राम्रो सम्भावना रहेको सल्यानमा किसानहरुलाइ कार्यालयले २१ हजार ९ सय ५० भन्दा धेरै वर्षे फलफुलका विरुवा वितरण गरेको जनाएको छ ।
वर्षा शुरु भएपछि यो वर्ष ९ हजार सुन्तला, ६ हजार ७ सय आँप, ४ हजार ५ सय अनार, १ हजार २ सय कागती र ५ सय ५० लिचिका विरुवा वितरण भएको कार्यालयका कृषि प्राविधिक धनन्जय शर्माले वताउनु भएको छ ।।