इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । दाङ क्षेत्र क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोख्रेल पराजित भएका छन् । एमालेका हेविवेयट नेताका रुपमा चिनिने पोख्रेल नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग झिनो मतान्तरले पराजित भएका हुन् ।
एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन् । २०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले/माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए । पोख्रेल २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए भने २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा भने निर्वाचन पराजित भएका थिए । उनी एमालेमा वौद्धिक नेताका रुपमा पनि परिचित छन् ।