Indrenionline.com

दाङ २ मा एमाले महासचिव पोख्रेललाई हराउदै रेखा शर्मा विजयी

इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् ।

शर्माले नेकपा एमालेका महासचिव एवं नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई १९६ मतान्तरले पछाडि पार्दै विजयी भएकी हुन् ।

भर्खरै सम्पन्न मतगणनाबाट शर्मा विजयी भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम घोषण गर्न बाँकी छ । शर्मा गठबन्धनको तर्फबाट उम्मेदवार हुन् ।