रुकुम । श्रीमती र सासुको हत्या आरोपमा रुकुम प्रहरीले एक ब्यक्तिलाईलाई पक्राउ गरि सार्बजनिक गरेको छ । पक्राउ परि सार्बजनिक हुनेमा रुकुम रुघा ५, उरेली खोरीया भन्ने स्थानमा बस्ने वर्ष २६ जगत वहादुर खड्का रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख रुपेश खड्काका अनुसार रोटी पकाई रहेको अबस्थामा खड्काले फलामको भुजुङ्गो (मकै भुट्ने फलामको भाँडो) ले एक्कासी पछाडी बाट टाउकोमा प्रहार गरी बिभत्स तरिकाले हत्या गरी बाहिर फालेका थिए ।
त्यस्तै उनकी श्रीमती वर्ष २६ की नौमति खड्का घाँस काटेर घरमा आए पछि सोहि फलामको भुजुङ्गोले श्रीमतीलाई पनि टाउकोमा नै प्रहार गरी टाउको छेदबिछेद हुने गरी बिभत्स पुर्ण हत्या गरी फरार रहेको थिए ।
घटनाबारे प्रहरीलाई जानकारी भएपछि तत्काल प्रहरी परिचालन गरी हत्यामा संलग्न खड्कालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडी बढाईएको बताईएको छ । घटना कसरी घटेको हो भन्ने बारेमा एकिन जानकारी नआएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताईएको छ ।।