Indrenionline.com

लोसपाले खाता खोल्यो, रुपन्देही-४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी

दाङ  : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा सदस्यतर्फ पहिलो जित हात पारेको छ।

रुपन्देही क्षेत्र नम्बर ४ का लोसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला २८ हजार मतसहित विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरे। जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएर तेस्रो भए।

जसपाका ओमप्रकाश यादवले २ हजार ६ सय २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।