इन्द्रेणी संवाददाता
जनकपुर, ७ मंसिर । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै राउत विजयी भएका हुन् ।
सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत मात्रै प्राप्त गरे । सो क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।