दाङ २९ फागुन
देउखुरीको गोवरडिहालाई पूर्णखोप युक्त गाविस घोषणा गरिएको छ । गाविसको कुल जनसंख्या १६ हजार ९ सय ३८ मध्ये २ सय ५४ जना बालबालिकालाइ स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको विभिन्न खोपहरु प्राप्त भएपछि पुर्ण खोप गाविस घोषणा गरिएको हो ।

कार्यक्रममा वोल्दै उहाँले घोराहीको राप्ती उपक्षेत्रिय अस्पाललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने गरी राजनितिक दलहरुबीच सैद्धान्तिक सहमति भएको बताउनु भयो । चौधरीले दाङमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र देउखुरीमा सुविधा सम्पन्न टिचिङ हस्पिटल बनाउने गरी स्वास्थ्य मन्त्रालयमा आन्तरिक गृहकार्य भईरहेको उल्लेख गर्नुभयो ।।