इन्द्रेणी संवाददाता
दाङ, ७ मंसिर । दाङ क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरे ।
