Indrenionline.com

सुर्खेत २ मा कांग्रेसका हृदयराम थानी विजयी

इन्द्रेणी संवाददाता

सुर्खेत, ७ मंसिर । सुर्खेत २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका थानीले एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई ५०६७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । थानी ३४६२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार क्षेत्रीले २९५५८ मत ल्याएका छन् ।