जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र १ (२)बाट मधेसका मुख्यमंत्री लालबाबु राउत निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउतले नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई पराजित गरेका हुन् । राउतले ७ हजार ५४५ मत ल्याउँदा कुर्मी ६ हजार २१२ मतमा रोकिए ।
राउत ०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए ।मधेस प्रदेशमा जसपाको यो पहिलो जित हो ।
