Indrenionline.com

अर्जेन्टीनालाई हराउँदा साउदीमा सार्वजनिक विदा

दाङ  :  विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा साउदी अरेबियाले बलियो प्रतिद्वन्द्वी अर्जेन्टीनालाई पराजित गरेपछि सार्वजनिक विदाको घोषणा गरिएको छ।

आफ्नो फुटबल इतिहासकै सर्वाधिक रोमाञ्चक जित निकालेसँगै साउदीमा खुसियाली छाएको हो। मंगलबार भएको खेलमा उपाधि दाबेदार अर्जेन्टीनालाई २-१ ले पराजित गरेपछि साउदीले बुधबारका लागि सार्वजनिक विदाको घोषणा गरेको हो।

साउदी प्रेस एजेन्सीका अनुसार क्राउन प्रिन्स मोहम्मद विन सलमान राजा समक्ष सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई राजा सलमानले स्वीकृत दिएका थिए।

साउदी अरेबियाले फुटबल इतिहासमै सर्वाधिक बलियो टिम विरुद्ध निकालेको यो पहिलो र ऐतिहासिक जित हो। साउदी अरेबिया विश्वकप फुटबलमा अहिलेसम्म नकआउट चरण पुग्न सकेको छैन। अर्जेन्टीनालाई हराएसँगै साउदीको नकआउटको सम्भावना बलियो बनेको छ।