बागलुङ : बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निरन्तर अग्रता लिएका छन्।
केसीले एमालेका डा. सूर्य पाठकलाई पछाडि पार्दै अग्रता लिइरहेका हुन्। केसीले ५ हजार ३५ मत प्राप्त गर्दा पाठकले ४ हजार ३९० मत ल्याएका छन्।
पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रहेका केसीले शुरुवाती चरणदेखि नै अग्रता कायम राख्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ हजार ६२९, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले २४५, कांग्रेस विपीका शिवलाल सापकोटाले १८ मत ल्याएका छन्।
बागलुङ–१ (क) मा एमालेका हिराबहादुर केसीले अग्रता लिएका छन्। केसीले कांग्रेसका दिपेन्द्र थापालाई १९ मतले पछि पार्दै अग्रता लिएका हुन्। केसीले ६ हजार ४८९ मत पाएका छन् भने थापाले ६ हजार ४७० मत ल्याएका छन्।बागलुङ–१ (ख) मा कांग्रेसका डिल्लीराम सुवेदीले झण्डै दोब्बर मतले अग्रता लिएका छन्। सुवेदीले ८ हजार ७६ मत प्राप्त गर्दा एमालेका नवराज पौडेलले ४ हजार २३ मत ल्याएका छन्।
