दाङ ,साउन ५ । दाङका पूर्व जिविस सभापति घोराही निवासी दिनेश बहादुर न्यौपानेको निधन प्रति दाङ निर्माण व्यवसायी संघका अध्यक्ष तथा घोराही नगरपालीकाका पूर्व मेयर बलिभद्र रानाले दुःख प्रकट गर्दे श्रद्धाँजली व्यक्त गर्नुभएको छ । मंगलबार एक शोक वक्तत्वय जारी गर्दै स्वर्गीय न्यौपानेको निधनल दाङको विकासमा अतुलनिय क्षति पूगेको उल्लेख गर्नुभएको छ ।
समयसमयमा जिल्लाको महत्पूर्ण जिम्मेवारी समेत सम्हालुभएको उहाँले आफनो सक्दो प्रयास दाँगको गरिमा बढाउने कार्यमा लगाउनुभएको थियो ।त्यसैले न्यौपानेको योगदानको कदर गर्दै आँउदो पूस्ताले उहाँका पाइला पछयाउन आवश्यक छ ’ शोक वक्तव्यमा उल्लेख गरिएको छ । साथै उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तृपत परिवारजन प्रति संवेदना प्रकट गर्नुभएको छ ।