Indrenionline.com

समानुपातिकतर्फको मतगणना : काँग्रेसको अग्रता, माओवादी चौथो स्थानमा

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगको कार्यालयका अनुसार पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।

यस्तै, नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो स्थानमा छ भने घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै, माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९, नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् ।

साथै, प्रदेशतर्फ पनि समानुपातिकका मत गन्न थालिएको छ। जसमा २ प्रदेशमा एमाले, एक प्रदेशमा काँग्रेस र एकमा जनमत अघि देखिएको छ ।
मत गणना जारी रहेको छ ।