Indrenionline.com

डडेल्धुरामा २ बजेदेखि मतगणना हुने

डडेल्धुरा । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन्। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताएका छन्।

उनका अनुसार डडेल्धुरामा दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना सुरु हुने छ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ।

डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्।