इन्द्रेणी संवाददाता
दाङ, चैत्र २९ ।
भगवान गौतम बुद्धको २५६० औं बुद्धजयन्ती यसवर्ष दाङमा सप्ताहव्यापी रुपमा मनाइने भएको छ । यस क्षेत्रकै पहिलो बौद्ध गुम्बा घोराही नगरपालिका–६ स्थित नमछुः बौद्ध गुम्बा समितिले यसवर्षको २५६० औं बुद्धजयन्ती सप्ताहब्यापी रुपमा मनाउन लागेको हो ।

यसैगरी मनमारी घर्तीमगरको संयोजकत्वमा पूजा ब्यवस्थापन समिति, धर्मबहादुर पुन मगरको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी बुद्धजयन्ती सम्पन्न गर्न
वैशाख १० गते देखि १४ गतेसम्म घरदैलो कार्यक्रम गरिने समितिका अध्यक्ष सतबहादुर रोकामगरले जानकारी दिनुभयो ।।