काठमाण्डौ, ५ साउन । वेपत्ता पारिएका व्यक्ति सम्बन्धी छानविन आयोगले उजुरी दिने समयसीमा बढाएको छ । आयोगले यसअघि थपेको समयावधी सकिएकाले पुनः साउन २६ गते सम्म म्याद थप गर्ने निर्णय गरेको आयोगका सचिव महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
उजुरी माथि आयोगले तीन चरणको छानविन गर्ने भएको छ । आयोगले उजुरी परेका मध्ये १ सय भन्दा बढीको प्रारम्भिक छानविन प्रक्रिया अगाडी बढाएको जनाएको छ । शान्ति मन्त्रालयमा वेपत्ता रहेको संख्या १ हजार ४ सय ९५ रहेपनि आयोगमा अहिले सम्म २ हजार ७ सय ८० उजुरी परेका छन् ।
आयोगको समायवधी अबको सात महिना सम्म रहेपनि काम सम्पन्न गर्न कठिनाई भएकाले एक बर्ष थप्ने तयारी भएको पौडेलले जानकारी दिनुभयो ।।