पर्सा, ५ साउन । दाइजो नपाएको निहुँमा आफ्नै श्रीमानबाट बन्धक बनाइएकी महिलाको पर्सा प्रहरीले उद्धार गरेको छ । वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले श्रीमती ममतादेवी यादवलाई १० दिनदेखि घरमै बन्धक बनाई राखेको सूचनाका आधारमा प्रहरीले ममतादेवीको उद्धार गरेको हो ।
ममताका श्रीमानलाई नियन्त्रणमा लिइएको र अनुसन्धा थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक यमबहादुर गरुङले जानकारी दिनुभयो ।।