Indrenionline.com

पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरू पक्राउ​ [भिडियाेसहित]

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा एउटा भिडियाे भाइरल भइरहेकाे छ । भिडियाेमा पैसा बाँड्दै गरेकाे अवस्थामा केही व्यक्तिहरूलाई प्रहरीले समातेकाे जस्ताे देखिन्छ ।

काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरू पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भिडियाेमा स्थानीयले भनेका छन् ।

क्षेत्र नं ५ (ख)का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोललाई बुनपा ६ को कर्मचारी बुद्द लछीमि तामाङको घरबाट समातिएकाे बताइएकाे छ ।

स्राेत : शुशील भट्टकाे फेसबुक वालबाट