Indrenionline.com

बहुमत दिएर गठबन्धन जिताउ, पाँच वर्षमा देशलाई समृद्ध बनाउँछौँ : गठबन्धन

काठमाडौँ । सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन अपील गरेको छ। शून्य समय सुरु हुनुअघि गठबन्धनका चार दलले एक अपील निकाल्दै बहुमत दिएर जिताउन भनेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपील जारी गरेर आफूहरुलाई बहुमत दिए पाँच वर्ष स्थिर सरकार बनाउने जनाएका हुन्।

 

उनीहरुले मंसिर ४ को निर्वाचनले संसद विघटनकारी र प्रतिगमनका पक्षधरहरु गठबन्धनलाई पराजित गर्नुपर्ने पनि जिकिर गरेका छन्।

‘गठबन्धनका प्राथमिकता अहिले पनि उत्तिकै प्रष्ट छन्। संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधार छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्ु, उनीहरुले भनेका छन्, यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो। यसले गठवन्धनको भावनामा कुनै चोट पुऱ्याउँदैन। गठबन्धनको स्पष्ट बहुमतबाटै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो।’