भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदन किरातीलाई जिताए मन्त्री बनाएर पठाउने बताएका छन् । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदन किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताएका हुन् ।
‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’ भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी निर्वाचित भए लगतै प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएका हुन् । किराती २०६४ र २०७४ सालका सांसद हुन् । तर, उनी निर्वाचित भएलगतै मन्त्री हुने सम्भावना पनि बढी देखिएको छ ।
साथै यो चुनाव अग्रगामी र पश्चगामी बीचको लडाए भएकाले अग्रगामीहरुले चुनाव जित्नै पर्ने प्रचण्डले बताए ।
