Indrenionline.com

यि हुन पाकिस्तानविरुद्ध खेल्ने नेपालका सुरुआती-११ खेलाडी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, नेपाली फुटबलको घर ।नेपालले आज घरेलु मैदानमा पाकिस्तानविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।पाकिस्तानविरुद्ध मैदान उत्रदा दशरथ रंगशालामा नेपाली फुटबलले अर्को कोशेढुंगा पूरा गर्दैछ ।

पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ ।नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २(२ गोलको बराबरी खेलेको थियो ।

ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।

 

दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ, आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्ति मगर, अन्जन विष्ट