Indrenionline.com

ड्युटीमा रहेका वरिष्ठ सई भण्डारीको मृत्यु

नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको सुरक्षामा खटिएका वरिष्ठ सई भण्डारी एक्कासी ढले तत्काल अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको बाँके प्रहरीले जनाएको छ ।

भण्डारी लामो सयमदेखि मिर्गौलाको समस्याले पीडित थिए । मंगलबार ड्युटीमा रहेका भण्डारीको ‘हर्ट अट्याक’का कारण निधन भएको एसपी अधिकारीले जानकारी दिए । उनको शव अहिले नेपालगन्ज नर्सिङ होममा राखिएको छ । परिवारको आग्रहमा दाहसंस्कारका लागि शव काठमाडौं ल्याउन लागिएको छ । उनी बैतडीका स्थानीय हुन् ।