Indrenionline.com

डोटीका भूकम्प पीडितलाई राहत सामाग्री वितरण

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आयोजना तथा कैलाली/डोटीका उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् ।

‘एनआरएनएले स्थानीय प्रशासन तथा उद्योग वाणिज्य सङ्घहरूसँगको सहकार्यमा खाद्यान्न लत्ता कपडा आदी राहत हस्तान्तरण गरेको हो । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने हाम्रो अपेक्षा हो ।’ थापाले भनिन् । एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खा लगायतका विभिन्न जिल्लामा सहयोग गरेको थियो ।