Indrenionline.com

ईश्वर पोखरेललाई भोट माग्न घरदैलो गर्दै करिश्मा मानन्धर

चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै घरदैलोमा निस्किएकी छन्। उनीसँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन्।

करिश्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन्।

उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको बताइन्।