सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावमा छलपल हुनु अघि आर्थिक विधेयक पारित गर्न चाहेको बताउनुभएको छ । आफूले तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि कांग्रेस र माओवादीले नमानेको घर्तीले बताउनुभयो ।
उहाँले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको बताउँदै दलहरुबीच सहमति हुने भए आफु जुन कुनै विकल्प रोज्न र समय फेर्न तयार रहेको बताउनुभयो । अविश्वासको प्रस्तावमा विहीबार छलफल हुँदैछ । बिहीबार १० बजेसम्म दलहरुबीच सहमति नभए आफू प्रक्रियामा जाने सभामुख घर्तीको भनाई छ ।